एकै दिन १५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

फागुन १, काठमाडौं । फागुन महीनाको तथा साताको पहिलो कारोबार दिन आइतवार नेपाली बजारमा सुनको मूल्य बढेको छ । स्थानीय बजारमा आइतवार सुनको मूल्य अघिल्लो कारोबार दिन अर्थात् शुक्रवारको तुलनामा रू. १ हजार ५०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला रू. ९५ हजार ५०० मा कारोबार भएको छ । शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९४ हजारमा कारोबार भएको थियो । शुक्रवारको तुलनामा आइतवार छापावाला सुन प्रतितोला रू. १ हजार ५०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९५ हजारमा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला रू. ९३ हजार ५०० मा कारोबार भएको थियो ।
यस्तै, आइतवार चाँदीको मूल्य पनि बढेको छ । शुक्रवार प्रतितोला रू. १ हजार २८० मा कारोबार भएको चाँदी आइतवार रू. १ हजार ३०० मा खरीदविक्री भइरहेको छ । शुक्रवारको तुलनामा आइतवार चाँदी रू. २० ले बढेको हो ।

