डेंगुको शंका लागेमा डाक्टरलाई देखाउनुअघि आफूले के गर्ने ?

ज्वरो आएको छ र जिउ पनि दुखेको छ भने यो डेंगुको सिजनमा डाक्टरलाई देखाउनुअघि आफैँ सिटामोलमात्र खानुस्, प्रसस्त पानी पिउनुहोस्, आराम गर्नुहोस् तर एस्प्रिन, ब्रुसेट, पानोफ्लाम, फेलेक्सन जस्ता औषधि नखानूस् । ब्रुफेन, निमुसलाड, एस्प्रिन जस्ता दबाईले रगत पातलो बनाउने र रक्तस्राब बढाउने भएकोले झन खतरा हुन्छ। डेंगु ज्वरोमा मृत्यु हुने भनेकै रक्तस्राव भएर हो ।

परिचय :
– डेंगु ज्वरो एडिस एजिप्टाइ (Ades Aegypti) जातको पोथी लाम्खुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो । यो लाम्खुट्टेले दिनको समयमा मात्र टोक्ने गरेको पाइन्छ। यो रोग मानिसबाट मानिसमा सिधै सर्दैन । वर्षातको महिनासँगै जताततै पानी जम्न थालेपछी यो रोगको प्रकोप बढ्ने गरेको पाइन्छ ।
मुख्य लक्षणहरु ?
– अचानक उच्च ज्वरो आउनु,
–आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्नु,
– शरीर दुख्नु,
– घाँटी बस्नु,
– साना बिबिरा आउनु,
– शरीर चिलाउनु,
– वाकवाकी लाग्नु र वान्ता आउनु,
– छटपटी हुनु,
– रिंगटा लाग्नु,
– निद्रा नलाग्नु,
– हड्डी तथा मांशपेशी निकै दुख्नु
–आँखा तथा घाँटी रातो हुनु
– छाला, नाक, मुख आदिबाट रगत आएमा आकस्मिक अवस्था मान्नुपर्छ
–८० प्रतिशत बिरामीमा पहिलो दिनमा, ६०–८० प्रतिशत बिरामीमा दोस्रो दिनमा एनएस वान एलजीएम टेस्ट ५(७ दिनमा पोजिटिभ देखिन्छ।
–१५०,००० देखि ४५०,००० सम्म हुनुपर्ने प्लेटलेट लगातार घट्दै जान्छ
विशेष सतर्कता :
– ज्वरोको लागि पारासिटामोल मात्र प्रयोग गर्नुहोला ।
– आइबुप्रोफेन, अस्पिरिन आदिको प्रयोग नगर्नुहोला । आइबुप्रोफेन, एस्पिरिन आदिले रगतलाई पातलो बनाउने हुँदा यसको प्रयोग गर्दा झन् खतरा हुन्छ ।
– बालबालिका, वृद्धवृद्धा, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, दीर्घ रोगीहरुलाई विशेष ख्याल गर्नुपर्दछ ।
– जुनसुकै ज्वरो आएपनि आराम गर्ने, झोलिलो खानेकुरा प्रशस्त खाने, सागसब्जी र फलफूल र गेडागुडीको रस, दाल आदि खाने ।

स्वास्थ्य खबर / (लेखक ऋषिङ्ग रानीपोखरी स्वास्थ्य चौकी,तनहुँमा कार्यरत छन् ।)

Translate »