२०८३ असोज १२ , सोमबार
Sky News Nepal
September 28, 2026

तारा एयरको जहाजमा चरा ठोकियो



स्काई न्यूज /मंसिर २१, सुर्खेत । नेपालगञ्जबाट हुम्लाका लागि उडेको तारा एयरको कार्गो जहाजमा चरा ठोकिएर सामान्य क्षती पुगेको छ । आज दिउँसो सवा १२ बजे हुम्लाको मुने लेक नजिकै पुग्दा चील ठोकिँएर जहाजको नोजमा प्वाल परेपनि सकुशल अवतरण भएको सिमकोट विमानस्थलका प्रमुख मोहन गिरीले जानकारी दिए ।

उनले तारा एयरको (नाईनएनएकेएल) नम्वरको जहाजको अगाडीपट्टीको भागमा चील ठोकिएर सामान्य क्षती पुगेकाले मर्मतका लागि ईन्जिनियर आएपछि मात्र उडान हुने बताए । उनका अनुसार जहाजमा पाइलटसहित ३ जना सवार थिए ।

प्रकाशित मिति : २०७९ मंसिर २१ गते बुधबार
Translate »