२०८३ असोज ११ , आइतबार
Sky News Nepal
September 27, 2026

अमेरिकी राजदूत थम्पसनद्वारा भेरी–बबई डाईभर्सन आयोजनाको अवलोकन



स्काई न्यूज /पुस १, सुर्खेत । नेपालका लागि अमेरिकी राजदून डिन आर थम्पसनले निर्माणधिन भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अवलोकन गरेका छन् । विहीबार बबईमा राजदून थम्पसनसँगै युएसएआईडी नेपालका मिसन निर्देशक सेपिदेह किभनशादको टोलीले आयोजनाको प्रगति तथा उद्देश्य बारे जानकारी लिएका हुन् ।  अवलोकन भ्रमण्का क्रममा मुख्यरुपले राजदून थम्पसनले १२ किलोमिटर लामो सुरुङ खन्ने अमेरिका निर्मित बीटीएम मेसिनको प्रभावकारिता र तोकिएको समय अगाबै लक्ष्य पुरा गरेको प्रति जिज्ञासा राखेको आयोजनाका सूचना अधिकारी लेखनाथ सुवेदीले जानकारी दिए ।

उनले नेपालमै पहिलो पटक चुरे पहाडमा प्रयोग गरिएको (टीवीएम) मेसिनको सफलतासँगै आधुनिक प्रविधिको प्रयोगले निर्माणाधीन अन्य आयोजनाहरुमा समेत सफलता मिल्ने राजदूत थम्पसनले विश्वास लिएको बताए । ‘अमेरिकाको रविन्स कम्पनीद्वारा निर्मित उक्त टीवीएम मेसिन नेपाल भन्दा पहिले भारतमा प्रयोग गरिएको भएपनि त्यति सफल नरहेको मानिएको थियो,’ उनले भने, ‘केही प्राविधिक सुधारपछि (टीवीएम) मेसिन पाकिस्तानको नेलम झेलममा सफल प्रयोग भएको थियो ।’

उनले नेपालको शिवालिक (चुरेक्षेत्रमा) प्रयोग गरिएको मेसिनको सफलतासँगै भूगोल अनुसारको आधुनिक प्रविधि आवश्यक हुने गरेको राजदूत थम्पसनको अवधारण रहेको जनाए । हाल भेरी–बबई डाईभर्सन आयोजनाको बाँधस्थल र पावर हाउस निर्माणको काम तीव्र गतिले भईरहेको छ ।

प्रकाशित मिति : २०७९ पुस १ गते शुक्रबार
Translate »