पेट्रोल, डिजेलको मूल्य घट्यो

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतबाट घटेको मूल्य आएसँगै निगमले पेट्रोल, डिजल मट्टीतेलमा ३/३ रुपैयाँ घटाएको हो । निगमले शुक्रबार राति १२ बजेबाट लागू हुने गरि नयाँ मूल्य अनुसार अब पेट्रोलको भाउ प्रति लिटर १७८ रुपैयाँ पर्ने छ । यस्तै डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १ सय ७५ रुपैयाँ पैसा कायम भएको छ ।

यसअघि पेट्रोल लिटरको १८१ र डिजेल/मटितेल १७८ रुपैयाँ थियो । हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत नै रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी  दिए । पटक पटक मूल्य घटेर आएपनि निगमले यसअघि मूल्य समायोजन गरेको थिएन ।

Translate »