काठमाडौं-सुर्खेत दैनिक दुई उडान गर्दै बुद्ध एयर

७२ सिटे जहाजले ५ हजार सस्तियो भाडा

सुर्खेत । बुद्ध एयरले एटीआर ७२ विमानबाट काठमाडौं-सुर्खेत दैनिक दुई ओटा उडान गर्ने भएको छ ।

सन् २०१३ बाट बीचक्राफ्ट १९०० डी (१८ सिट) बाट काठमाडौं-सुर्खेत उडान शुरू गरेको कम्पनीले पछिल्लो समय ४२ सिटे जहाजबाट उडान गर्दै आएको थियो । अब भने कम्पनीले एटीआर ७२ विमान मार्फत दैनिक दुई उडान गर्ने भएको हो ।

हाल दैनिक एउटा मात्रै उडान गर्दै आएको कम्पनीले डिसेम्वर २१ अर्थात पुस ६ गते बुधवारदेखि काठमाडौं-सुर्खेत दैनिक दुई उडान  गर्न लागेको हो ।


डिसेम्वर २१ देखि काठमाडौं-सुर्खेत पहिलो उडान बिहान १० बजे र दोस्रो उडान १:२५ बजे गर्ने छ । त्यसैगरी, सुर्खेतदेखि काठमाडौं पहिलो उडान ११:३५ बजे र दोस्रो उडान ३ बजे गर्न लागिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले यही पुस १ गतेदेखि काठमाडौं-सुर्खेत एटीआर ७२ विमानबाट उडान शुरू गरेको थियो । अहिले परीक्षणको रुपमा शुरू गरिएको उडान सफल भएसँगै अब नियमित रुपमा दैनिक दुई उडान शुरू गर्न लागिएको हो ।

नेपालको आन्तरिक हवाइ क्षेत्रमा वर्चस्व राख्दै आएको कम्पनीले निजी क्षेत्रले उडान गर्ने प्राय सबै विमानस्थलमा उडान गर्दै आएको छ ।

Translate »