२०८३ असोज ११ , आइतबार
Sky News Nepal
September 27, 2026

अब लत्ताकपडा मात्रै होइन घर पनि अनलाइनबाटै किन्न सकिने, साढे ७ लाखदेखि ६१ लाखसम्म मूल्य !



काठमाडौं । अब खाद्यान्न र लत्ताकपडा मात्रै होइन, तपाईं हामी बस्ने घर पनि अनलाइनबाटै किन्न सकिने भएको छ । एसवाई बजार एपले अनलाइनबाटै अब घर किन्न पाउने सुविधा ल्याएको छ ।

एसवाई बजारले कोरियन प्रविधिको विभिन्न डिजाइनका घरहरू किन्ने सुविधा ल्याएसँगै अब नेपालीहरूले पनि अनलाइनबाटै घर किन्न सक्ने भएका छन् ।

नेपालमा स्थापित हुँदै गइरहेको कोरियन प्रविधिको एसवाई प्यानल विश्वको उत्कृष्ट भवन निर्माण सामग्री उत्पादन गर्ने कोरियन कम्पनी हो । भूकम्प प्रतिरोधी तथा अन्य विभिन्न भवनको लागि प्रयोग गर्ने प्यानलहरू सस्तो, बलियो र अत्याधिक इन्सुलेसनयुक्त हुने कम्पनीको दाबी छ । कम्पनीले यस्ता घर साढे ७ लाख देखि ६१ लाख रुपैयाँसम्ममा विक्री गर्ने छ ।

‘यो घर हामीले हाम्रो आफ्नै फ्याक्ट्रीमा निर्माण गर्छौ’ एसवाई नेपालका महाप्रबन्धक शशी साहले भने, ‘अनलाइनबाट अर्डर आएपछि हामी रेडिमेड घर लगेर दिन्छौँ ।’ उनका अनुसार कन्टेनर हाउस, एक तला, दुई तला घर अनलाइनबाट किन्न सकिनेछ ।

यो प्रविधि कोरिया, युरोप लगायत पश्चिमी राष्ट्रहरुमा अत्याधिक प्रयोग भएको छ । भूकम्प प्रतिरोधी, सस्तो, कम तौल लगायत निर्माण तथा व्यबस्थापनमा सजिलो रहेको यस प्यानलबाट निर्मित घरले तातो ,चिसो तापक्रमको असरबाट छुटकारा दिनुका साथै यो घर विभिन्न रङ, साइज तथा आकर्षक डिजाइनहरूमा उपलब्ध हुने साहले जानकारी दिए । आर्थिक अभियान

प्रकाशित मिति : २०७९ पुस ६ गते बुधबार
Translate »