शेयर बृद्धिमा जुट्यो कर्मचारी यूनियन
स्काई न्यूज /पुस ८, सुर्खेत । कर्मचारी यूनियन बहुउद्देश्यीय सहकारी संस्थाले समृद्धिका लागि शेयर सदस्य बढाउने लक्ष्य लिएको छ । संस्थाको शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न १३ औं वार्षिक साभारण सभामा हाल २ सय ६० शेयर सदस्यबाट बृद्धि गरि ४ सय पु¥याउने लक्ष्य लिएको जानकारी दिईएको हो । सभामा अध्यक्ष मेघनाथ सापकोटाले संस्थाको नेतृत्व लिँदा ३२ लाख २७ हजार ३३ रुपैयाँ रहेकोमा बृद्धि भई ६० लाख ८४ हजार ४ सय ६ रुपैयाँ कारोबार गर्न सफल भएको बताए ।
उनले १ सय ७५ जना शेयर सदस्यहरु रहेकोमा असार मसान्तसम्म २ सय ६० शेयर सदस्य बनाउन सफल भएको जानकारी दिए । उनका अनुसार सभाले वार्षिक कार्यक्रम, नीति, वार्षिक लेखापरीक्षण प्रतिवेदन र विद्यान संशोधनका निर्णयहरु समेत गरेको छ । सभामा कुल शेयर रकम ५ लाख ५२ हजार ७ सय, वचत रकम ४९ लाख ७३ हजार ३ सय ३५, कोष हिसाव ३ लाख ९६ हजार ९ सय ५५, ऋण जोखिम कोष ८० हजार, अन्य दायित्व ३३ हजार २ सय ७७, भुक्तानी दिनुपर्ने ४८ हजार १ सय ३८ गरि कुल दायित्व ६० लाख ८४ हजार ४ सय ६ रुपैयाँ रहेको संस्थाका कोषाध्यक्ष खगेन्द्र भट्टराईले जानकारी दिए ।
उनले संस्थाको नगद बाँकी ५१ हजार ४ सय ४०, बैंक बाँकी १ लाख १६ हजार २ सय १०, लगानी हिसाव ९ हजार, लगानीमा रहेको ऋण ५८ लाख ९९ हजार ५ सय ९९, सम्पत्ती हिसाव ७ हजार ९ सय ५६ गरि जम्मा कोरोवार ६० लाख ८४ हजार ४ सय ६ रुपैयाँ रहेको बताए । उनका अनुसार सभाले वार्षिक प्रगति प्रतिवेदशन तथा आगामी वर्षको कार्यक्रम तथा आय–व्ययको अनुमानित ७४ लाखको कारोवार गर्ने लक्ष्य राखेको छ ।
सभामा केन्द्रीय बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक तथा जिल्ला बहुउद्देश्यीय सहकारी संघ सुर्खेतका अध्यक्ष चन्द्रप्रसाद थानी, निजामति कर्मचारी आधिकारिक ट्रेड यूनियनका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश संयोजक सुशील केसी, निजामति कर्मचारी यूनियनका केन्दीय सदस्य राजेश बुढा, निजामति कर्मचारी युनियन प्रदेश कार्य समितिका सचिव काँशीराम भट्टराई, जिल्ला कार्य समिति सुर्खेतका अध्यक्ष गणेशकुमार थापा, जिल्ला स्वास्थ्यकर्मी संघका अध्यक्ष उदयबहादुर थापालगायतले शुभकामना तथा बधाई दिएका थिए ।