संगमको कारोवार पौने ३ करोड पुग्यो

स्काई न्यूज /पुस १२, सुर्खेत । संगम वचत तथा ऋण सहकारी संस्थाको कारोवार पौने तीन करोड पुगेको छ । संस्थाले आईतबार आफ्नो पन्ध्रौं वार्षिक साधारण सभाको अवसर पारेर आर्थिक वर्ष २०७८/०७९ को यथार्थ आय–व्यय २ करोड ७५ लाख २४ हजार ४ सय रुपैयाँ भएको जानकारी दिएको हो । सभामा संस्थाका सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७८/०७९ को प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०७९÷०८० को संशोधित नीति कार्यक्रम तथा आर्थिक वर्ष २०८०/०८१ को लागि प्रस्तावित कार्यक्रमहरु पेश गरिएका थिए ।

संस्था कोषाध्यक्ष शेरबहादुर खड्काले आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तावित.३ करोड २ लाख ३६ हजार ९ सयको आय व्यय ८० प्रस्तुत गरे । संस्थाका अध्यक्ष डिलाकुमारी भट्टराईको अध्यक्षतामा र जिल्ला सहकारी संघका उपाध्यक्ष सुमित्रा कईरालाको प्रमुख आतित्थ्यतामा भएको सभामा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । शैक्षिक सत्र २०७८ सालको एसइइमा उत्कृष्ट अंक ल्याई उत्तिर्ण हुने शेयर सदस्यका ईन्द्रा चालिसेको छोरा जीवन चालिसेलाई उच्च शिक्षा सफलताको कामना सहित पुरस्कृत तथा सम्मान गरिएको छ ।

संस्थाले असल वचत तथा उद्यमी शेयर सदस्य करुणा शाही, असल बालबचतकर्ता भिविका बाँस्कोटा र असल उद्यमी शेयर सदस्य धर्मराज खरेललाई पुरस्कृत तथा जेष्ठ सदस्य मानबहादुर पुलामी र चन्द्रा चालिसेलाई सम्मान गरियो थियो । सभालाई सुर्खेतका चर्चित समाजसेवी मोतिप्रसाद सापकोटा, माया नेपाली, सुमित्रा कोइराला, पवित्रा शाही तथा संस्थाका सल्लाहकार कांशीराम भट्टराईलगायतले शेयर सदस्यहरुको जीवनस्तर सुधार ल्याउने गरि सहकारीले प्रभावकारी कार्यक्रमहरु सञ्चालन सुझाव दिए । सभामा शुभकामना दिने अधिकांस अथितिले शेयर सदस्यलाई आफुले आफ्नो दैनिक खर्च कटाएर एक÷एक गरी सहकारीमा जम्मा गरेको रकम कहाँ, कसरी प्रयोग भईरहेको भन्ने बारेमा समेत खोजीनीति गर्न आवश्यक रहेको औल्याए ।

Translate »