विदेशबाट फर्किंदा मोबाइल ल्याउन नपाउने व्यवस्था तत्काल लागू नगर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोबाइल डिभाइस म्यानेज्मेण्ट सिस्टम ९एमडीएमएस० प्रणाली तत्काल लागू नगर्न निर्देशन दिएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले आजबाट लागू गर्ने भनिएको एमडिएमएस प्रणाली लागू नगर्न निर्देशन भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए ।
नेपाल दूरसञ्चार प्राधिकरणले एमडिएमएस प्रणाली लागू गर्दै भन्सार छलेर ल्याइएका मोबाइल फोनहरू १५ पुसदेखि नेपालमा नचल्ने व्यवस्था गरेको थियो ।
एमडिएमएस प्रणाली लागू भएपछि विदेशबाट फर्किने क्रममा कसैले एकभन्दा बढी मोबाइल फोन ल्याएमा १८ प्रतिशत भन्सार तिर्नुपर्ने र तेस्रो मोबाइल जफत गर्ने व्यवस्था गरिएको थियो ।
विदेशबाट एक थान मोबाइल ल्याउँदा पनि सरकारले कर लिन लागेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले ‘नो रेमिट्यान्स’ ह्यासट्याग प्रयोग गर्दै विरोध जनाउँदै आएका थिए ।
प्राधिकरणले मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न र चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न यो व्यवस्था लागू गरिएको जनाएको थियो ।