उवासंघ भेरीको अध्यक्षमा ढकाल निर्वाचित

स्काई न्यूज /पुस १६, सुर्खेत । उद्योग वाणिज्य संघ भेरी सुर्खेतको अध्यक्षमा सोम ढकाल पुनः निर्वाचित भएका छन् । गएराती अवेर सम्मन्न संघको सातौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले ढकालको अध्यक्षतामा २३ सदस्सीय नयाँ कार्य समितिलाई सर्वसम्मत निर्वाचित गरेको हो । अधिवेशनले संघको वरिष्ठ उपाध्यक्षमा जयबहादुर डाँगी, महिला उपाध्यक्ष पवित्रा खड्का, उद्योग उपाध्यक्ष चिरञ्जीवि पाण्डे, वाणिज्य उपाध्यक्ष धनमाया बुढा, महासचिव पूर्णबहादुर खत्री, सचिव अम्मर वली, कोषाध्यक्ष महेन्द्रप्रसाद जैसी तथा सदस्यहरुमा ज्ञाने नेपाली (सार्की), तिला थापा, अम्मरबहादुर नाथ, तेजबहादुर पौडेल, सनत खड्का, दिपक वली, माधवप्रसाद आचार्य, गणेश सुनार, दिपक रोकाय, कर्णबहादुर बुढा, गोमा थापा, गंगाप्रसाद ढकाल, लक्ष्मीप्रसाद रेग्मी एवं सम्मरचन्द ठकुरीलाई निर्वाचित गरेको छ । संघको विद्यान अनुसार निर्वतमान अध्यक्ष रत्नबहादुर अधिकारी पदेन सदस्य रहने छन् ।

संघको सातौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाही, कर्णाली प्रदेश सभा सदस्यद्वय खड्कबहादुर पोखरेल र कृष्णबहादुर जिसी, भेरीगंगा नगरपालिका प्रमुख यज्ञप्रसाद ढकाल, लेकवेसी नगरपालिकाका प्रमुख उमेशकुमार पौडेल, सिम्ता गाउँपालिकाका अध्यक्ष ऐनबहादुर चन्दलगायतले हार्दिक बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गरेको थिए । अधिवेशनमा संघका अध्यक्ष ढकालले आफ्नो यो दोस्रो कार्यकालबाट भेरी क्षेत्रका उद्योगी तथा व्यापारीको हक, हित र अधिकार प्राप्तिका लागि अघि सारिएका अधुरा योजना तथा कार्यक्रमलाई मुर्तरुप दिँदै नयाँ काम अघि बढाईने बताए ।