आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढ्यो

पुस १९, काठमाडौं । सुनको मूल्य यो वर्षको अहिलेसम्मकै सर्वाधिक कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन (gold) को मूल्य तोलामा ९०० रूपैयाँ बढेर १ लाख २ हजार ६०० रूपैयाँ कायम भएको छ । गत सोमवार सुनको भाउ तोलाको १ लाख १ हजार ७०० रूपैयाँ तोकिएको थियो ।

यसअघि गत वैशाख ५ गतेको सुनको भाउ यो वर्षको अहिलेसम्मकै सर्वाधिक कायम भएको थियो । सुनचाँदी व्यवसायी महासंघका अनुसार उक्त दिन सुनको मूल्य तोलाको १ लाख २ हजार ५०० रूपैयाँ तोकिएको थियो ।

सुनको भाउ अहिलेसम्मकै सर्वाधिक तोकिएको गत फागुन २५ गते हो । उक्त दिन सुनको भाउ तोलाको १ लाख ५ हजार ५०० रूपैयाँ तोकिएको थियो ।

आज सुनसँगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ प्रतितोला १० रूपैयाँ बढेर १ हजार ४१० रूपैयाँ कायम भएको छ । हिजो चाँदी (silver) तोलाको १ हजार ४०० रूपैयाँमा कारोवार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा पनि आज सुनको मूल्य बढ्दो क्रममा छ । आज (नेपाली समय अनुसार बिहान १२ः१० बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ८४२ दशमलव २५ डलर पुगेको छ । गत सोमवार स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ८२८ दशमलव २४ डलर थियो ।

आज डलर (dollar) को मूल्य भने बढेको छ । नेपाल राष्ट्र बैंक NRB का अनुसार आज १ अमेरिकी डलरको विक्रीदर १३२ रूपैयाँ ६९ पैसा कायम भएको छ । गत सोमवार १ अमेरिकी डलरको विक्रीदर १३२ रूपैयाँ ६६ पैसा तोकिएको थियो ।

Translate »