हुम्लामा हवाई सेवा अवरुद्ध

हुम्ला । कर्णालीको हुम्लामा मौसम प्रतिकुलताका कारणले केहीदिन देखि हवाई सेवा अवरुद्ध भएको छ । मौसममा आएको परिवर्तनसँगै बिहीबारदेखि हावाहुरी चल्दा हवाई सेवा अवरुद्ध भएको हो । हवाई जहाजको अभाव खेप्दै आईरहेको हिमाली जिल्ला हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालले छोएको छैन् । पछिल्लो दुई दिन यता लगातार चलेको हावाहुरीेले चिसो बढेसँगै हवाई सेवा अवरुद्ध हुनुका साथै जनजीवन प्रभावित भएको छ ।

नेपालगञ्ज र सुर्खेतबाट नियमित उडान भर्ने निजी हवाई जहाजले हावाहुरीका कारण आफ्नो सेवा अवरुद्ध भएको बताएका छन् । जिल्लाको एकमात्रै अन्तर जिल्ला जोड्ने यातायात हवाई सेवा भएपनि दुई दिनदेखि जिल्ला बाहिर जानका लागि उडान हुन नसक्दा हातमा टिकट लिएर बसेका यात्रु सिमकोटमै रोकिएका छन् । हवाई सेवा बन्द हुँदा नेपालगञ्ज र सुर्खेतदेखि सिमकोट आउने यात्रुसहित कार्गो सामान समेत रोकिएका छ ।

हुम्लादेखि नेपालगञ्ज र सुर्खेत जाने यात्रु तथा नेपालगञ्ज र सुर्खेतदेखि सिमकोट आवतजावत गर्ने यात्रुसहित अन्य सामग्री ढुवानी हुन नसकेको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखा कार्यालय प्रबन्धक मोहन गिरीले जानकारी दिए । विमानस्थलमा दैनिक १५ वटासम्म उडान हुने गर्दछन् ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कम्पनीको ढुवानी अनुदानको खाद्यान्न, दैनिक उपभोग्य सामान, तरकारी र कार्गोको सामान पनि ढुवानी हुनसकेको छैन ।

नेपालगञ्जबाट हुम्लाका लागि तारा, समिट एयरका जहाजले उडान भर्दै आएका छन् । नेपालगञ्जबाट हुम्ला पुग्न जहाजलाई करिब ४५ मिनेट समय लाग्छ । हवाई उडान नहुँदा दैनिक उपभोग्य सामग्री ढुवानी रोकिँदा दैनिक उपभोग्य सामाग्रीको मूल्यमा समेत बृद्धि भएको छ । यता नेपागञ्जमा समेत हुस्सु लागेका कारण हुम्लामा उडान हुन नसकेको छैन् ।

Translate »