भारतको नयाँ बजेट : घट्यो नेपालले पाउने अनुदान सहायता
माघ १८, काठमाडौं । भारतले नेपाललाई दिने अनुदान सहायता घटाएको छ । वित्त मन्त्री निर्मला सीतारमणले बुधवार पेश गरेको बजेटमा भारतले नेपाललाई दिने अनुदान सहायता कटौती गरिएको हो ।
यस वर्ष भारतले नेपाललाई ५ अर्ब ५० करोड भारतीय रुपया ९भारु० अनुदान सहायता दिने भएको छ । यो गत वर्षकोभन्दा कम हो । गत वर्ष भारतले नेपालका लागि ७ अर्ब ५० करोड भारु विनियोजन गरेको थियो ।
भुटान र माल्दिभ्सलाई बढाइयो अनुदान रकम
भारतले दिँदै आएको वैदेशिक अनुदानमा भुटान र माल्दिभ्सको रकम बढाइएको छ । भारतले भुटानलाई यस वर्ष २४ अर्ब भारु अनुदान सहायता दिने भएको छ । यो यस वर्ष भारतले कुनै पनि देशलाई दिने सबैभन्दा बढी अनुदान रकम हो । यस्तै भारतले माल्दिभ्सलाई यस वर्ष ४ अर्ब अनुदान सहायता दिने भएको छ ।
भारतले अफगानिस्तानलाई दिने अनुदान सहायता भने गत वर्षकै बराबर छ । भारतले अफगानिस्तानलाई यस वर्ष २ अर्ब भारु अनुदान सहायता दिने भएको छ ।
यस्तै, बंगलादेश, श्रीलंका, म्यानमार, मंगोलिया, मोरिससलगायत देशको अनुदान रकम भने घटाइएको छ । भारतले यस वर्ष मौरिससलाई ४.६ अर्ब, म्यानमारलाई ४ अर्ब, बंगलादेशलाई २ अर्ब, श्रीलंकालाई १।५ अर्ब, शेयशेल्चलाई १० करोड र मंगोलियालाई ७ करोड भारु अनुदान सहायता दिने बजेटमा उल्लेख छ । आर्थिक अभियान