सुनको मूल्य तोलामा ५०० रुपैयाँले घट्यो

फागुन ११, काठमाडौं । बुधवार स्थिर रहेको सुनको भाउ बिहीवार (आज) घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेर १ लाख २ हजार ५०० रुपैयाँ कायम भएको छ । हिजो सुनको भाउ तोलामा १ लाख ३ हजार तोकिएको थियो ।

सुनसँगै चाँदीको भाउ पनि घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेर १ हजार २८५ रुपैयाँ कायम छ । हिजो चाँदीको मूल्य तोलाको १ हजार २९५ रुपैयाँ थियो ।

Translate »