२०८३ असोज ११ , आइतबार
Sky News Nepal
September 27, 2026

नेपाल उद्योग वाणिज्य महासंघ कर्णालीको अध्यक्षमा पदमबहादुर शाही निर्वाचित



स्काई न्यूज /फागुन २५, सुर्खेत । नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको अध्यक्षमा पदमबहादुर शाही निर्वाचित भएका छन् । उद्योग वाणिज्य महासंघ कर्णालीको विहीबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न छैठौं सभाले पुनः अध्यक्षमा शाहीलाई निर्विरोध निर्वाचित गरेको हो । सभाले महासंघको उपाध्यक्ष जिल्ला/नगरतर्फ शुधन श्रेष्ठ, उपाध्यक्ष एशोसिएटतर्फ हर्षविक्रम खड्का, कोषाध्यक्ष भानुभक्त बराल, तथा सदस्य जिल्ला/नगरतर्फ नामग्याल तामाङ, कुमार बुढाथोकी, कुमार प्याकुरेल, ईन्द्रप्रसाद शर्मा, लक्ष्मी कार्की, सदस्य एशोसिएटतर्फ खड्कबहादुर शाही एवं सदस्य वस्तुगततर्फ  कमल नेपाललाई निर्विरोध निर्वाचित गरेको छ ।

कोषाध्यक्ष् पदमा भने दुई जनाको उम्मेदवारी परेपनि अन्तिम समयमा आएर जाजरकोटका कर्णबहादुर खत्रीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि सबै पदका उम्मेदवार सर्वसम्मतीले निर्विरोध निर्वाचित भएको मख्य निर्वाचित अधिकृत विवश वस्नेतले जानकारी दिए । उनका अनुसार उद्योग वाणिज्य महासंघ कर्णालीको अध्यक्ष पदमा भने शाहीको यो दोस्रो कार्यकाल हो ।

प्रकाशित मिति : २०७९ फागुन २५ गते बिहीबार
Translate »