२०८३ असोज १० , शनिबार
Sky News Nepal
September 26, 2026

अजोडद्वारा पञ्चपुरीमा वीमा सम्बन्धि सचेतना तथा अन्तरक्रिया कार्यक्रम



स्काई न्यूज/ फागुन २६, सुर्खेत । अजोड इन्स्योरेन्स लिमिटेडले पश्चिम सुर्खेतको पञ्चपुरीमा वीमा सम्बन्धि सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । पञ्चपुरी नगरपालिकाको समन्वय तथा सहयोगमा अजोडले शुक्रबार बाबियाचौरमा नागरिकको जीवन तथा सम्पत्तीको सुरक्षाको ग्यारेन्टीका लागि वीमा सम्बन्धि सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा नगरप्रमुख लालविर भण्डारीले नागरिकको जीवन एवं सम्पत्तीसँगै कृषिबाली तथा पशुपन्छीको वीमा गराई आर्थिक सुरक्षण गर्नका लागि ठोस निर्णय गरी नगरपालिका अगाडि बढ्ने बताए ।

उनले घटना कतिबेला भई के, कस्तो हानी नोक्सानी हुन्छ भन्ने कुरा कसैलाई थाहा नहुने भएकाले सम्भावित घटनाबाट हुने क्षतिको क्षतिपूर्ति बीमा कम्पनीहरुबाट पाउनका लागि सबैले बीमा गर्न आवश्यक रहेको औल्याए । नेपाल वीमा प्राधिकरण कर्णाली प्रदेश प्रमुख पदमप्रकाश सोडारीले बीमा सम्बन्धी प्रस्तुती दिँदै नगरपालिकाका सेवासँग आवद्ध गरेर घरको बीमालाई अनिवार्य गर्न नगरपालिकासँग आग्रह गरे ।

अजोड इन्स्योरेन्स कम्पनीका कर्णाली प्रदेश प्रमुख योगेन्द्र कार्कीले हरेक नागरिकलाई आर्थिक हिसावले सुरक्षित रहनका लागि वीमा अपरिहार्य रहेको बताए । कार्यक्रममा सहभागिहरुले कृषि तथा पशुपन्छी वीमा गर्नका लागि कागजी प्रक्रिया झन्झटिलो रहेको, बीमा कम्पनीहरु बीमा गर्न गाउँ– गाउँमा नआएको, कुन कुन वस्तुको वीमा हुन्छ भन्ने थाहा नभएको लगायतका धारणा राखेका थिए ।

कार्यक्रममा पञ्चपुरी नगरपालिकाका उपप्रमुख मुक्तिदेबी रेग्मी पुरी, नगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरु, बीमा, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरु, महिला समूहका प्रतिनिधि, बीमा अभिकर्ता, प्राविधिक, अगुवा कृषक लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७९ फागुन २६ गते शुक्रबार
Translate »