अनुगमन टोलीद्वारा दुई वटा फार्मेसी सिल

धनगढी । कैलालीमा दुई वटा फार्मेसी सिल गरिएको छ । सामाजिक विकास मन्त्रालय, औषधि व्यवस्था विभाग नेपालगन्ज र जिल्ला प्रशासन कार्यालय कैलालीको संयुक्त अनुगमन टोलीले अत्तरियास्थित सुदूरपश्चिम सामुदायिक अस्पतालको फार्मेसी र नेहा फार्मेसी सिल गरेको हो ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत हेमराज खड्काका अनुसार अनुगमन टोलीले धगगढी र अत्तरियाका ८ वटा फार्मेसी तथा अस्पतालमा अनुगमन गरेको थियो । त्यस क्रममा नेहा र सुदूरपश्चिम सामुदायिक अस्पतालको फार्मेसीमा म्याद गुज्रेका औषधि रहेको, लागूऔषध तथा मानसिक रोगसम्बन्धीका औषधिहरुको अभिलेखीकरण नगरेका लगायतका कमजोरी भेटिएको खड्काले बताए । ई–कान्तिपुर

Translate »