नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ चौकुनेको अध्यक्षमा देवकोटा
सुर्खेत । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ चौकुनेको अध्यक्षमा जीवन देवकोटा निर्वाचित भएका छन् । शनिबार चौकुनेमा भएको उद्योगी तथा व्यवसायीहरुको भेलाले देवकोटाको अध्यक्षतामा २३ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित गरेको हो ।
कमिटीको उपाध्यक्षमा नरहरी कँडेल, सचिव नवीन अधिकारी, कोषाध्यक्ष धनरुपा बयक, उप सचिव कमल ढकाल एवं दल बराल तथा बाँकी सदस्यहरु रहेका छन् । नवनिर्वाचित कमिटीका पदाधिकारीहरुलाई नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका केन्द्रिय सदस्य बिष्णु शाही, जिल्ला अध्यक्ष कलाधर उपाध्याय, पञ्चरत्न अधिकारी एवं गजराज बयक, नेकपा एमाले चौकुने गाउँपालिकाका अध्यक्ष हरिप्रसाद अधिकारीलगायतले हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।