उद्योग व्यवसायी संघ सुर्खेतको अध्यक्षमा धिरेन्द्रबहादुर शाही निर्वाचित


सुर्खेत । उद्योग व्यवसायी संघ सुर्खेतको अध्यक्षमा धिरेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । संघको शनिबार वीरेन्द्रनगरमा सम्पन्न प्रथम जिल्ला अधिवेशनले शाहीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित गरेको हो ।

कार्य समितिको वरिष्ठ उपाध्यक्षमा लोकेन्द्रबहादुर थापा, वाणिज्य उपाध्यक्ष पारस विष्ट, उद्योग उपाध्यक्ष गोरख विक, महिला उपाध्यक्ष चन्द्रा कार्की, महासचिव खगेन्द्र पुलामी मगर, सचिव नरबहादुर विक, कोषाध्यक्ष अनिल शाही तथा सदस्यहरु तेजबहादुर सिंह, जंगबहादुर विसी, प्रेमबहादुर श्रेष्ठ, दिपेन्द्र गैरेल, ललित सुनार, जनक विष्ट, पदमा देउवा, बेलमती नेपाली एवं खिमबहादुर वली निर्वाचित भएका छन् ।
नवर्निवाचित कार्यसमितिका पदाधिकारीलाई कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसी, उद्योग व्यापार महासंघका केन्द्रिय उपाध्यक्ष प्रवल शाही र केन्द्रिय सचिव सुर्य थापा (विक्रम) एवं संघ सुर्खेतका तदर्थ समितिका अध्यक्ष ओमप्रसाद पौडेललगायतले हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

