नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी
स्काई न्यूज /बैशाख ६, सुर्खेत । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी निर्वाचित भएका छन् । प्रवलजंग पाण्डे र केसीबीच प्रतिस्पर्धा भएको थियो । महासंघको विधानअनुसार निर्वाचित पदाधिकारी र सदस्यबीचको मतदानबाट कोषाध्यक्ष चयन गर्ने व्यवस्था छ ।
केसीलाई अध्यक्ष चन्द्र ढकालको समर्थन थियो भने पाण्डेलाई बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको समर्थन रहेको थियो । केसी लामो सयमदेखि उद्योगी व्यवसायीहरुको हक, हित र अधिकार प्राप्तिका लागि विभिन्न फोरमबाट आवाज उठाउँदै आएका व्यक्ति हुन् ।
सुर्खेतका स्थायी बासिन्दा केसीको नेपालमा होटल तथा पर्यटन व्यवसायी क्षेत्रको विस्तार तथा उन्नयनमा महत्वपूर्ण योगदान रहेको छ । कर्णालीमा गुणस्तरीय हवाई सेवाको विस्तार तथा स्तरोन्नती हुनु माग उनले निरन्तर उठाउँदै आएका छन् ।
सरल र मिलनसार केसी नेपाली उद्योगी तथा व्यवसायी वीच भरपर्दा अनुभवि र पाका नेताका रुपमा स्थापित व्यक्ति हुन् ।