२०८३ कात्तिक २६ , बुधबार
Sky News Nepal
November 12, 2026

नेपालीहरूले ओठमै उडाए २८ करोड

उजबेकिस्तानदेखि भिययतनामसम्मका लिपस्टिक नेपालमा


काठमाडौं । नारीहरुले ओठमा लगाउने लिपस्टिक खरीदका लागि नौ महीनामा झण्डै २८ करोड रुपैयाँ बाहिरिएको छ ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म नेपालले २७ करोड ८२ लाख ९८ हजार रुपैयाँ बराबरको १ लाख ६१ हजार ५७९ किलोग्राम लिपस्टिक लगायतका लिप मेकअपका सामान आयात भएका छन् ।

गत वर्षको सोही अवधिमा नेपालले २७ करोड ५० लाख ६० हजार रुपैयाँ बराबरको २ लाख २५ हजार १०१ किलोग्राम लिप मेकअपको समान आयात गरेको थियो । चालू वर्षमा परिमाण घटेपनि मूल्य भने बढेको छ ।

नेपालमा अस्ट्रेलिया, बेल्जियम, क्यानडा, चीन, डेनमार्क, फ्रान्स,जर्मनी, हंगकंग, भारत, इन्डोनेसिया, इजरायल, इटाली, कोरिया, लक्जमबर्ग, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया, सिङ्गापुर, स्पेन, स्विट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड, टर्की, संयुक्त अरब इमिरेट्स, युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका, उजबेकिस्तान, भियतनाम लगायतका देशहरुबाट लिप मेकअपको सामाग्री आयात भएका छन् ।

यो नौ महीनामा सबैभन्दा धेरै भारतबाट १३ करोड २८ लाख ३७ हजार रुपैयाँ बराबरको ४२ हजार ७१२ किलोग्राम र चिनबाट ८ करोड ८७ लाख ६३ हजार रुपैयाँ बराबरको १ लाख १३ हजार ४२८ किलोग्राम लिप मेकअपको सामाग्री आयात भएको तथ्याकं छ । आर्थिक अभियान

यी हुन् सबैभन्दा धेरै लिपस्टिक आयात हुने देशहरू

प्रकाशित मिति : २०८० वैशाख २० गते बुधबार
Translate »