‘अख्तियारलाई निजीक्षेत्रमा घुसाउने प्रयास मान्य हुँदैन’

वीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजीक्षेत्रमा घुसाउने प्रयास मान्य नहुने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशले वीरगञ्जमा बिहीवार आयोजना गरेको स्वागत तथा अन्तरक्रियामा अध्यक्ष ढकालले यस्तो बताएका हुन् । ‘अहिले निजीक्षेत्रलाई पनि अख्तियारको क्षेत्राधिकारको दायरामा राख्ने कुरा आएको छ । यो विषयले निजीक्षेत्रलाई झन् हतोत्साहित बनाउने देखिन्छ । हामी यसको पक्षमा छैनौं,’ उनले भने ।

अध्यक्ष ढकालले तरलता अभाव र उच्च ब्याजदरका कारण उद्योग व्यापार समस्यामा परेको बताए । सरकारले यसको दीर्घकालीन निकासको खाका ल्याउने हो भने निजीक्षेत्र यसमा सहकार्य गर्न तयार रहेको उनले स्पष्ट पारे । आर्थिक शिथिलता, उद्योग व्यापारको खस्किँदो अवस्था, राजस्व संकलनमा आएको ह्रास अर्थतन्त्रमा मुख्य समस्या भएको उनको भनाइ थियो ।

नेपाल उद्योग वाणिज्य महासंघ–मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले प्रदेशस्तरीय र केन्द्रीय उद्योग वाणिज्य महासंघबीचको सम्बन्धलाई नयाँ ढंगबाट परिभाषित गर्नुपर्ने बताए । आर्थिक अभियान

Translate »