प्रविधिको विकाससँगै ‘डिजिटल भिजन सिन्ड्रोम’ को समस्या


एजेन्सी । बढ्दो डिजिटलाईजेशन र प्रविधिको प्रयोगले मावन जीवनमा कैयौं फाईदाहरु भएका छन् । शिक्षा, स्वास्थ्य तथा देश विदेशको अवस्था जानकारी हासिल गर्न प्रविधिको विकास र डिजिटलाईजेसनका माध्यमबाट मावन जीवनलाई सहज बनाउनुका साथै रोजगारीको समेत सुविधा उपलब्ध भएका छन् ।
तर पछिल्लो समयमा यहि बढ्दो आधुनीकिकरण, डिजिटलाईजेसन र प्रविधिको अत्यधिक प्रयोगले बालबालिका तथा युवामा आँखा सम्बन्धि समस्याहरु देखा पर्न थालेका छन् । पछिल्लो समयमा मोबाईल फोन, कम्प्युटर, ल्याप्टप, ट्याब लगायतका डिजिटल उपकरणको प्रयोग धेरै मात्रामा हुने गरेको छ । जसले गर्दा आँखाबाट आँसु बगिरहने, आँखा रातो हुने लगायतका समस्या उत्पन्न भएका छन् । जसका कारणबाट सानै उमेरमा चस्माको प्रयोग समेत गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।
यी समस्या वातावरण प्रदुषण, मानिसको आन्तरिक स्वास्थ्य स्थितीका कारण पनि हुन्छन् । तर विभिन्न अनुसन्धानले अत्याधिक प्रविधिको बढ्दो प्रयोगले समस्या बढ्दै गएको पुष्टि हुन्छ । डाक्टरहरुका अनुसार यस्ता समस्या देखा पर्नुमा केही प्रतिशत प्रदुषण तथा स्वास्थ्य समस्या भएपनि अत्यधिक प्रविधिको प्रयोग नै भएको लाग्छ । ‘अहिलेका पुस्तालाई बिहानै उठ्ने वित्तिकै मोबाईल, साँझ नसुतुन्जेल पनि मोबाईल या कम्प्युटर चाहिन्छ ।’ डाक्टरहरु भन्छन्, ‘आंखालाई पनि आराम दिनुपर्छ बल्ल पो सन्तुलन रहन्छ, एक छिन् पनि आराम नदिए पछि समस्या आउने नै भयो ।’
आँखाका विभिन्न समस्या मध्य पछिल्लो समयमा अत्यधिक रुपमा डिजिटल (कम्प्युटर) भिजन सिन्ड्रोम देखा परेको छ । यो समस्याको सुरुवाती समय सामान्य हुने गर्दछ । जसमा आँखा रातो हुने, चिलाउने, आँखाबाट आँसु बगिरहने जस्ता समस्याहरु देखा पर्दछन् । समस्या बढ्दै जांदा दृष्टि कमजोर हुने, आंखा झिम्क्याउन असजिलो हुने, अत्यधिक टाउको दुख्ने हुन्छ ।
पछिल्ला केही वर्ष यता १० देखि २५ वर्ष उमेर समुहका युवा युवतीमा यस्तो समस्या बढी देखिन थालेको आँखा रोग विशेषज्ञहरु बताउँछन् । उनीहरुका अनुसार डिजिटल ग्याजेटहरुबाट विभिन्न विकिरणहरु निस्कने गर्दछ । अत्यधिक उपकरणको प्रयोग गर्दा त्यस्ता विकिरणहरुलाई आँखाले रोक्न सक्दैन र आँखामा भएको पानीको मात्रा कम हुन जान्छ । यसले गर्दा आंखाको दृष्टि कम हुने, आँखा दुख्ने, टाउकोमा समस्या उत्पन्न हुन्छ ।
डिजिटल प्रविधिको बढी प्रयोगमा रहने व्यक्तिले २०/२०/२० नियमको पालना गर्नुपर्ने डाक्टरहरुको सुझाव छ । यसमा २०/२०/२० को नियम भन्नाले हरेक २० मिनेटमा २० सेकेन्डको लागि २० फिट टाढा हेर्नुपर्छ । यसो गर्दा आंखा तथा आँखाका मांसपेसीले आराम पाउँछ र समस्या निम्तिने खतरा कम हुन्छ । त्यस्तै आँखा ब्लिङ्क (झिम्क्याउने) दर बढाउने र ल्यापटप तथा कम्प्युटर, मोवाईल लगाएका उपकरण प्रयोग गर्दा ६० डिग्रि एंगल (कोण) मा प्रयोग गर्न उनीहरुको सुझाव छ ।
विभिन्न उपकरणको प्रयोग गर्दा आंखा नै नझिम्काईकन बस्ने बानी राम्रो होईन । आँखा नझिम्क्याई बस्दा आँखामा सुख्खापना बढ्ने गर्दछ । त्यसैले आँखा झिम्क्याउने दर बढाउन डाक्टरहरु सल्लाह दिन्छन् । त्यस्तै ल्यापटप कम्प्युटर, मोवाईल लगायतका उपकरण प्रयोग गर्दा ढाडलाई सिधा राख्ने र उज्यालो वातावरणमा रहेर प्रयोग गर्नुपर्छ ।
आँखा धमिलो देखियो ? यस्तो हुनसक्छ कारण
आँखा शरीरको महत्वपूर्ण अंग हो । सुन्दर संसार आँखाकै कारण हाम्रो मानसपटलमा खिचिन्छ अनि आँखाकै कारण जीवन सार्थक पनि हुन्छ । संस्कृतमा भनाइ छ, ‘‘सर्वेन्द्रियाणां नयनं प्रधानम्’ अर्थात् इन्द्रियहरूमध्ये प्रमुख इन्द्रिय आँखा हो । यो भनाइले आँखाको महत्व उजागर गरेको छ ।
जीवनशैलीका कारण आँखामा विभिन्न समस्या देखिन सक्छन् । कतिपय अवस्थामा हेर्दा आँखा धमिलो हुने गर्छ । यसलाई मानिसहरूले थकानको संज्ञा दिने गर्छन् । जब कि आँखासम्बन्धी विभिन्न समस्याका कारण पनि आँखा धमिलो हुने गर्दछ ।
आखा चिम्लँदा वा आँखा पखालेमा पनि यस्ता समस्या क्षणभरमै ठिक हुन्छ तर कहिलेकाहीँ केही रोगका कारण पनि आँखा धमिलो हुने गर्छ ।
पटक पटक आाखा धमिलो हुने समस्या देखिए त्यसलाई गम्भीर रूपमा लिन जरुरी छ । संवेदनशील अंग आँखामा देखाएको सानोतिनो लापरवाहीले पनि शरीरमा गम्भीर रोग निम्त्याउन सक्ने हुँदा यसबारे बेलैमा सचेत हुन आवश्यक छ ।
मधुमेह
मधुमेह रोगका कारण आँखा धमिलो हुने गर्छ । मधुमेह भएमा त्यसले आँखाको रेटिनामा असर पार्दछ, जसका कारण रेटिनोप्याथी मधुमेह हुने गर्दछ । त्यसबाहेक मधुमेहकै कारण रेटिना सुन्निने गर्दछ, जसलाई म्याक्युला पनि भनिन्छ । म्याक्युला भएमा आँखाको रेटिनाभित्रका रक्तबाहिनी अचानक बढ्ने गर्छ, वा नयाँ तरिकाका रक्तबाहिनीको निर्माण हुने गर्छ । जसका कारण आँखा सुन्निने तथा आँखाबाट रगत बग्ने गर्दछ ।
स्ट्रोक
स्ट्रोकका कारण पनि आँखा धमिलो हुने गर्छ । स्ट्रोक भएमा शरीरमा कम्पन हु्ने, अनुहारमा पसिना आउने, हिँड्दा हिँड्दै लडेजस्तो हुने, हुत्तिने, बोल्दाबोल्दै आवाज परिवर्तन हुने तथा बोल्नमा समस्या हुने आदि लक्षण देखा पर्छन् ।
प्रिक्लेम्पसिया

गर्भवती अवस्थामा महिलाको शरीर बढी कमजोर तथा संवेदनशील हुने गर्दछ । कमजोरीकै कारण गर्भवती महिलामा धमिलो देख्ने तथा आँखाअघि अँध्यारो छाउने गर्छ । यस्ता समस्या आफैंमा गम्भीर हुने भएकाले विशेष ध्यान दिन जरुरी छ । क्लेम्पसिया जस्तो गम्भीर रोग लागेमा पनि यस्तो समस्या निम्तने गर्छ । विशेषगरी रक्तचाप उच्च भएमा वा पिसाबमा प्रोटिनको मात्रा उच्च भएमा पनि यो समस्या देखिने गर्छ । यस्तो समस्या त्यस्ता महिलालाई बढी हुन्छ, जसको गर्भावस्थाकै क्रममा अचानक रक्तचाप बढ्ने गर्छ । अधिकांश अवस्थाहरूमा यो समस्या गर्भावस्थाको २० महिनापश्चात मात्र देखिन सुरु हुन्छ । यो रोग लागेमा आमा र बच्चा दुवैको ज्यान समेत जानसक्छ ।
आँखाको थकान
पर्याप्त निद्राको कमीका कारण पनि आँखामा असर पर्छ । विशेषगरी आँखामा थकान महसुस भए आँखा धमिलो हुने गर्छ । धमिलो देखेमा केही समयका लागि आँखा बन्द गरेर चिसो पानी वा वरफले सेक्नुपर्छ । यसबाट आँखाको थकान कम हुन्छ र अाँखाले पुनः स्पष्ट देख्न थाल्छ ।
माइग्रेन
माइग्रेन वा टाउको दुख्ने समस्याका कारण पनि कहिलेकाहीँ दृष्टि धमिलो हुने गर्छ । कतिपय मानिसहरूले माइग्रेनलाई नै सामान्य दुखाइ सम्झने गर्छन् । माइग्रेन आफैंमा एक गम्भीर समस्या हो । माइग्रेनकै कारण आखाले संवेदनशीलता गुमाउँछ, जसका कारण आँखाअघि अँध्यारो हुने गर्छ ।
आँखाको कालो घेरा कम गर्न के खाने ?
तपाईंको अनुहार जति नै सुन्दर होस्, यदी आँखाको तल्लो भागमा कालो घेरा छ भने अनुहारको सबै सुन्दरता हराउँछ । डार्क सर्कलले तपाईंको सुन्दरतामा दाग त लगाउँछ नै अनुहार हेर्दा पनि तपाईं विमारी जस्तो देखिनुहुन्छ । त्यसैले आज यहाँ जानौं डार्क सर्कल हटाउनका लागि कुन कुन चिजलाई तपाईं आफ्नो खानपिनमा समावेश गर्न सक्नुहुन्छ ।
टमाटर
टमाटरमा भिटामिन के, भिटामिन सी, पोटाशियम र एन्टीअक्सीडेन्ट जस्ता गुणहरु भरपूर मात्रामा पाइन्छ । जसले कालो घेरालाई कम गर्ने काम गर्दछ ।
काँक्रा
काँक्रामा यस्तो पोषक तत्व हुन्छ जसले तपाईंलाई हाइड्रेट राख्ने काम गर्छ । दिनहुँ यसको सेवनले आँखाको कालो घेरालाई पनि कम गर्न मद्दत गर्दछ ।
ब्लुबेरी
ब्लुबेरीमा ओमेगा ३, भिटामिन सि जस्ता तत्वहरु पाइन्छन् । जसले छालाको चमकलाई बढाउने काम गर्छ र कालो घेरालाई पनि कम गर्न मद्दत गर्दछ ।
हरियो सागसब्जी
आँखाको तलको कालो घेरालाई कम गर्न खानपानमा सागसब्जीलाई समावेश गर्नु पर्दछ । हरियो पात भएका खानेकुराहरु खाँदा अनुहारको छाला पनि चम्किलो हुँदै जान्छ । साथै यो आँखाका लागि पनि राम्रो हुन्छ ।

