आज विश्व दूरसञ्चार र सूचना समाज दिवस

काठमाडौं । आज विश्व दूरसञ्चार र सूचना समाज दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विश्व दूरसञ्चार दिवस सन् १९६९ मे १७ देखि प्रत्येक वर्ष मनाइँदै आएको छ । दूरसञ्चारको विकासँगै आधुनिक युगमा फोन, मोबाइल र इन्टरनेट नागरिकको पहिलो आवश्यकता भएको छ ।

यो बिना जीवन कल्पना गर्न गाह्रो भएको छ । ‘सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट अति कम विकसित देशहरूको सशक्तीकरण’ नारासहित मनाइने दूरसञ्चार दिवसले सबै नागरिकलाई प्रविधिसँग जोडिने अवसर प्रदान गरेको छ ।

आज काठमाडौंमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चारसँग सम्बन्धित विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्दैछ भने नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चारसम्बन्धी गोष्ठीको आयोजना गरेको छ ।

 

Translate »