अमेरिका यात्रा स्मरण

२०७८ पौष ६ गते काठमाण्डौं ल्पेनबाट बिच बिचमा गन्तव्य बदली नर्थक्योलेनाको डेभिसन भन्ने स्थनमा पुगेका थियौं । केही महिना बसिसके पछि वि.स.२०७९ आषाढ १७ (सन २०२२ जुन १ तारिखमा) अमेरिकाको फोलोरिडा भ्रमण गर्ने उदेश्य राखेर हाम्रा बुढाबुढी, छोरा बुहारी साना २ नातिनी सहित हामी रहने स्थानबाट बिहानै कारद्वारा रातिको १ बजे फोलोरिडाको Orlando’s sun shine blue green Resort मा बसेका थियौं । Resort लाई अग्रिम बुकिङ गरी सकेका थियौं । भोली पल्ट बिहान हल्का नास्ता गरी डिज्नी ल्याण्ड पार्क घुम्मको लागि टिकट लिएका थियौं । पार्कमा प्रवेश गर्दा फुलबाट कलात्मक तरिकाले बनाईएको युवती, बुढो वा बृद्ध मानिस, बाघ र पुतलीहरुका कार्टुन र सडक किनारामा फूलहरुका रमणीय बगैचा, पानीका तलाउँ, झरना, फोहाराहरुले जसरी माहुरीले महलाई मायाँ गर्दछ । त्यस्तै प्रकारले हामी यो दृश्य देखेर मोहित भएका थियौं । मानो कही इन्द्रको बगैचाको वर्णन भए जस्तै त यो हैन ? भन्ने सम्म कल्पनाले छोएको थियो ।

पार्कमा विभिन्न देशलाई चिनाउने भवनहरु बनेका रहेछन जस्तै जापान, जर्मन, चिन, अफ्रिका र इटाली आदि । यी भवन मा आफ्नै देशका बेञ्जनहरु बिक्री भै रहेका थिए । कही आफनै संस्कृतलाई आकर्षण गर्ने बाजाहरु बजाईएका थिए । त्यसपछि हामी सोही बाटो फिर्ता भैै Disnui world अन्तर्गत रहेको Epcot कै Space ship मा पुग्यौं । यो भवन पृथ्वी आकारको छ । साधनको माध्यम बाट भवनको भित्र तर्फ गयौं । मानिसहरुले कुरा गरिरहेका काटुनहरु थिए । कही सामानहरु राखिएका छन् । कही तारामण्डल देखिन्छन् ।
यसको उदेश्य अन्तरिक्षबाट पृथ्वी जसरी देखिन्छ, त्यस्तै गरी देखियोस भन्ने मनसाएले यो भवन बनाईएको रहेछ ।

हामीहरु Disney अन्तर्गत कै अर्काे Them park magic king dom मा मिनिट्रेनबाट साँझ गएका थियौं । मन्दिर जस्तो भवन Cinderella castle को नामले विश्वप्रख्यात रहेछ । यस पार्कमा विदेशीहरुको ठूलै भिड थियो । पार्कको केही फोटाहरु मोबाईलबाट कैद ग¥यौं । पार्क नजिकका दोहोरो लाइनका भवनहरु विद्युतीय माध्यबाट सुनै सुनले बलेको होकि भन्ने मान हुन्थ्यो । अगाडी भिड भएका कारण पार्कको अर्काे तर्फको पेटीमा बसेका थियौं । रातको समय अनुसार करिब ९ बजेको हुँदो हो । त्यस भवनमा फरक–फरक प्रकारका पटकहरु पटकाइएका थिए । यसै सिलासिलामा यो भवनबाट एकजना मानिस ताररै तार बाट विलिन भएको अनौठो प्रकारको आतिस बाजी देखाएको थियो । त्यस पछि भिडलाई पल्साउदै बोटको पर्खाइमा पानीको ताल नजिकै रहेका थियौं । केही समय पछि बोटमा बसि ताललाई पार गरेका थियौं । कार पाकिङ भै रहेकोले कारबाट Resort मा गरौं ।

भोलीपल्ट जुन ४ मा Desney Animal Kingdom पार्कका गयौं । त्यहाँ पनि विभिन्न देशका भवनहरुमा आ–आफ्नो देशका बेञ्जनहरु बिक्रि भैरहेको थिए । सडकमा ढुंगाहरु बिछाईएको थियो । कही साना सुरुङहरु थिए । सडकका किनराहरु मा खोलाको पानी कल–कल बगिरहेको देखिन्थे । गर्मी का कारणले हामीले सडकमै जोडीएको पसलमा चिसो सेवन गरेका थियौं ।

त्यस पछि खरै खरले छाएको बाटो हुँदै Safari vehicle तर्फ लागियो । यस सफारिको नाम Kidliman jorosafari हो । Safari रहेको ठाउँमा प्रसस्त बाँस लगाई थियो । सवारी साधनमा हामीहरुले बसेका थियाें । पानी परेपनि यसको असर हामीमा परेको थिएन । खोलाको वारीपारी किनारमा हरिण, चितल, अप्रिकन कुकुर, हाती, गोही, जिराफ, बाख्रा र अरना (जंगली भैंसी) आदि जनावहरु थिए । खोलामा ढुंगाहरु थिए । ढुंगाहरु कुनै चिजको मिसाबट गरी सक्ली ढूंगा जस्तो बनाएको थियो ।

यो ठाउँ केही वर्ष अगाडी मात्र निर्माण भएको अनुमान गरेको छु । त्यसपछि Animal Kingdom अन्तरगतकै Pandora the worker of aviator तर्फ लाग्यौ । सन् २००१ मा df Hames coame roon केमरोन ले बनाएको Avater विश्व प्रख्यात चलचित्र जस्तो थियो । खोलामा पानी बगेको थियो । खोलाको किनारमा दुई ठूला ढूंगा छन् । एक १६० फिट अग्लो भएको अनुमान गर्न सकिन्छ । अर्काे ढूंगा अर्काे केही होचो र सानो भएको अनुमान गरेको थिए । एक हावामा झुन्डीएको जस्तो छ । यसैलाई अचम्मको ढुंगा भनिदो हरेछ । यि मध्य ठूलो ढूंगा मा लहरा चढाएको छ । लहराहेर्दा कुनै विरुवाको जस्तो लाग्छ तर कृत्रिम तरिकाले बनाईको रहेछ । ती जादुमय ढुंगाको समिपमा कही पानीको मूलहरु फूटी रहेको देखन सकिन्छ । यो दृश्य कलात्मक तरिकाले बनाईएको छ । यस पछि एशिया तर्फ अगाडी लाग्यौं । नेपाल र भारत संग सबन्धित भवनहरु मंदिर, पहाड, जस्ता अनेक स्थापना गरिएको रहेछ । नेपालको भक्तपुरको घर निर्माण गरि पसल राखिएको रहेछ । अर्थात् भक्तपुरको घर नामाकरण गरिएकोछ । अर्काे तर्फ सेर्पाहरुको घरजस्तै भवन बनाई सेर्पाको तोरण भवनमा राखिएको छ । यो भवनमा पनि पसल राखि सामान बिक्रि गरिएको छ । यसै भवन नजिक नेपालको सर्वाेच्च शिखर एभरेष्ट माउन्ट बनाईएको छ । यहाँ चढने पुल पनि छ । यस हिमालको दुवै तर्फ १ घट्ट पानी बगि रहेको छ । भक्तपुरको मंदिर पशुपत्तिनाथको मंदिर जस्ता मंदिरहरु यहाँ छन् । केही निर्माणाधिनमा छन् ।

नेपाल र भारत संग सबन्धित भवनहरु मंदिर, पहाड, जस्ता अनेक स्थापना गरिएको रहेछ । नेपालको भक्तपुरको घर निर्माण गरि पसल राखिएको रहेछ । अर्थात् भक्तपुरको घर नामाकरण गरिएकोछ । अर्काे तर्फ सेर्पाहरुको घरजस्तै भवन बनाई सेर्पाको तोरण भवनमा राखिएको छ । यो भवनमा पनि पसल राखि सामान बिक्रि गरिएको छ ।

जुन ५ गते फर्कने दिन भएकाले हामीले Universal Studio हेर्ने बिचारले टिकटकाटी सो स्थान तर्फ गयौं । त्यहा एक नहर जस्तो वा पानी तलाउ जस्तो रहेछ यसका किनारहरु व्यापारिक प्रयोजनाको लागि खोलिएका राम्रा होटलहरु नास्ता पसलहरु छन् । बोटको टिकट लिई बोटमा रमाइलो गरेको थियौं । समय अभावको कारणले Universal studio भित्र रहेको Them park हरुको अवलोकन गर्न पाएनौं ।

फर्किने क्रममा सडक नजिक Daytona International speed way को भवन रहेछ । यहाँ कारहरुको कम्पीटिसन हुँदो रहेछ । विश्वकै कार चालकहरुले कारचलाउने (म्याच) गर्दा रहेछन । यो कारणले पनि यो भवन विश्व प्रख्यात रहेछ । भवनबाट हामी नजिकैको Daytona Beach एटलाटिन्क समुन्द्रमा गयौं । समुन्द्री किनारमा ४ घन्टा पानी खेली सकेपछि । गन्तव्य स्थान तर्फ प्रस्थान ग¥यौं । बिच बाटाको होटलमा बास बसी भोली पल्ट डेभिसन अर्थात् हामी बस्ने स्थानमा पुगेका थियौं ।

फोलोरिडा जानु अगाडी नर्थ क्यारोलेनाको त्चयगत mबल सिटीमा रहेको चिडियाघर हेर्न गएका थियौं । टिकटकाटी जनावरहरुलाई खाने चारोका डिब्बा किनी जनावरतर्फ कारबाट लागौं । कारलाई जनावरहरुले पिछा गर्दा रहेछन् । हामीले झ्यालबाट चारो सडकमा पर्ने गरी छर्कि दियौं । केहिले खान पाए कसैले पाएनन् । यहाँ हरिण, गाई, गधा, भैंसी, घोडा, हाँस, लौकाट, जिराफ आदि जनावरहरु खुला भएर चारो खाने रहेछन् । यिनीलाई बन्धन मुक्त गरिएको रहेछ । कुनै लाईत हातैबाट चारा खुवाईयो । हिंसक जनावर, बाघ, भालुलाई तारको घेरा भित्र राखिएको थियो । हामीले यहाँको अनुभव गर्दा यस्तो लाग्यो कि कहिले हामी खुला जंगलको बिचमा अहिंसक जनावर संग छैनम ? भन्ने भएको थियो । मैले भारतको दिल्ली, लखनऊ र अमेरिकाको डिटोइट शहरमा रहेको चिडीया घरको पनि अवलोकन गरेको थिए । यिनी ठाउँमा जनावर र पंछिहरुलाई बन्धनमा राखेको थियो ।

फोलोरिडाको यात्रा तर्फ म आकर्षण गर्न चाहन्छु । हाम्रो नेपाल देश विश्वमा तुलना गर्दा सानो देशमा गणनामा हुन्छ । तर यस देशमा धेरै महत्वका प्राकृतिक शौन्दर्य भएको कारण अमेरिका महान देशमा भक्तुपरको घर शेर्पाको घर हाम्रा देवी देवताका मन्दिरहरु र विश्वका सबै भन्दा अग्लो माउन्ट एभरेष्ट (सर्वाेच्च शिखर) जस्ता अमूल्य गहनालाई अमेरिका जस्तो देशमा राख्नु वा विश्वमा चिनाउनु हामी नेपालीको लागि गर्वको कुरा हो । हामीले यस कुरालाई प्रशंशा गर्नै पर्छ ।

Translate »