२०८३ असोज ११ , आइतबार
Sky News Nepal
September 27, 2026

जनकपुरबाट काठमाडौँ आउने तयारीमा रहेको बुद्ध एयरको जहाजमा मुसा देखिएपछि…



काठमाडौ । जनकपुरबाट काठमाडौँ उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा मुसा देखिएपछि उडान स्थगित गरिएको छ ।

उक्त जहाज काठमाडौँ उड्नै लाग्दा यात्रुले मुसा देखेपछि उडान रोकेर अहिले इन्जिनीयरहरूले प्राविधिक मर्मत गरिरहेका छन् । बिहान ९ः१५ बजे जनकपुरबाट काठमाडौँ उडान तालिका रहेको जहाजमा यात्रुले मुसा देखेपछि उडान रोकेर जहाजको प्राविधिक चेकजाँच भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

उक्त जहाज काठमाडौँबाट उडान भरेर बिहान साढे ८ बजे जनकपुर पुगेको थियो । जहाजमा ४९ यात्रु रहेका थिए ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार उक्त जहाज अहिले इञ्जिनीयरले चेकजाँच गरिरहेका छन् । ‘आज बिहान जनकपुरबाट काठमाडौं उडान संख्या ५०२, जहाजमा यात्रुले मुसा देखेको रिर्पोटिङपछि तत्कालै यात्रुलाई लिनका लागि अर्को जहाज काठमाडौंबाट पठाइएको छ,’ उनले भने, ‘त्यस जहाजलाई हाम्रा टेक्निकल टिमले चेकजाँच गरिरहेका छन् ।’ आर्थिक अभियान

 

प्रकाशित मिति : २०८० जेठ ६ गते शनिबार
Translate »