टेलिकमको फाइबर जुम्ला र कालिकोट पुग्यो

सुर्खेत । नेपाल टेलिकमले कर्णाली प्रदेशले जुम्ला र कालीकोटमा एफटिटिएच सेवा ‘एनटी फाइबर’ को शुभारम्भ गरेको छ ।

एनटी फाइबरमार्फत अत्याधुनिक प्रविधिको प्रयोग गरी जुम्ला र कालीकोट क्षेत्रका सेवाग्राहीलाई एउटै तारबाट एचडी गुणस्तरको आवाजसहित टेलिफोन सेवा पु¥याउने उद्देश्यले ‘एनटी फाइबर’ को शुभारम्भ गरिएको हो ।

एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा पनि प्रयोग गर्न सकिने टेलिकम कर्णाली प्रादेशिक निर्देशनालयका  प्रमुख निर्देशक मिलन श्रेष्ठले जानकारी दिए ।


‘फाइबर टू द होम’ (एनटी फाइबर) सेवाको हाल उपलब्ध सेवा अन्तर्गत इन्टरनेटका साथै टेलिभिजन, टेलिफोन र मोबाइलमा डाटासमेत चलाउन सकिने उनले बताए ।

एउटै तारबाट आवश्यकताअनुसार चारवटा सुविधा चलाउन सकिने भएकाले नेपाल टेलिकमले यसलाई थ्री प्लस वान अर्थात् ‘अब एउटैमा तीन प्लस’ सेवा नामाकरण गरेको छ ।

कम्पनीले यसअघि कर्णाली प्रदेशका सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र रुकुम पश्चिममा एफटिटिएच सेवा उपलब्ध गराइसकेको छ । अब छिटै कर्णालीका डोल्पा, हुम्ला र मुगुमा एफटिटिएच फाइबर पु¥याउने काम तीव्र पारिएको नेपाल टेलिकमका कर्णाली प्रादेशिक निर्देशक श्रेष्ठको भनाई छ ।

Translate »