‘मिस नेपाल वर्ल्ड २०२३’ को उपाधि प्रधानलाई

काठमाडौं । ‘मिस नेपाल वर्ल्ड २०२३’ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । गोदावरीमा आयोजित अन्तिम प्रतिस्पर्धामा २३ वर्षीया प्रधानलाई अघिल्लो वर्षकी मिस नेपाल प्रियङ्का रानी जोशीले ताज लगाइदिएकी हुन् । प्रतियोगितामा २४ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए ।

प्रधानले ‘फेस अफ द इयर’ र ‘मिस डीएचआई’ सह विधामा आफूलाई अब्बल सावित गरिन् । मिस नेपाल विजेता प्रधान काठमाडौंकी स्थायी बासिन्दा तथा वातावरण विज्ञानमा स्नातक अध्ययनरत विद्यार्थी हुन् ।

प्रतियोगितामा रैना मजगैयाँले ‘‘मिस नेपाल अर्थ’को उपाधि हात पारेकी छन भने प्रसिद्धी शाहले ‘मिस नेपाल इन्टरनेशनल’ को उपाधि जितेकी हुन् । समारोहमा १२ सह विधाका विजेता समेत घोषणा गरियो ।

मिस नेपालको आयोजना द हिडन ट्रेजरले वर्षेनी गर्ने गरेको छ । यस वर्ष नयाँ मिस नेपाल घोषणा गरिए पनि आगामी विश्व सुन्दरी प्रतियोगितामा मिस नेपाल २०२२ जोशीले नै सहभागिता जनाउने छन् । नयाँ मिस नेपाललाई अर्को वर्षको मिस वर्ल्डमा पठाइने कम्पनीले जानकारी दिएको छ ।

योगितामा मिस नेपाल २०२२ जोशीले नै सहभागिता जनाउने छन् । नयाँ मिस नेपाललाई अर्को वर्षको मिस वर्ल्डमा पठाइने कम्पनीले जानकारी दिएको छ ।

Translate »