१४.६ प्रतिशतले घट्यो संघीय सरकारको राजस्व


काठमाडौं । चालू आर्थिक वर्ष (आव) ०७९/८० को फागुनसम्मको राजस्व संकलन १४.६ प्रतिशतले घटेको छ ।

आइतवार सङ्घीय संसद्मा सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार गत आवको फागुनसम्मको तुलनामा चालू आवको सोही अवधिसम्म संघीय सरकारले संकलन गर्ने राजस्व घटेको हो ।
प्रतिवेदन अनुसार चालू आवको फागुनसम्म संघीय सरकारले रू. ५ खर्ब ८२ अर्ब ७७ करोड राजस्व संकलन गरेको छ । आर्थिक अभियान

