२०८३ असोज १० , शनिबार
Sky News Nepal
September 26, 2026

यस वर्षको बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रूपैयाँ



काठमाडौं । सरकारले यस वर्ष १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । जसमा चालु तर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड रूपैयाँ र पुँजीगत तर्फ ३ खर्ब २ अर्ब ४ करोड रूपैयाँ छुट्टयाइएको छ । त्यस्तै वित्तिय व्यवस्थापनमा ३ खर्ब ७ अर्ब छुट्टयाइएको छ ।

अतिरिक्त हुलाक खारेज गरिने, कार्यरत कर्मचारीलाई सुविधासहित अवकाश दिइने

सरकारले अतिरिक्त हुलाक कार्यालय खारेज गर्ने भएको छ ।   अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । ती कार्यालयमा कार्यरत कर्मचारीहरूलाई सुविधासहित अवकाश दिइने उनले बताए ।

बढेन वृद्धभत्ता, पुरानै निरन्तरता 

सरकारले चार हजार भत्तालाई निरन्तरता दिने भएको छ। सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षबाट ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई प्रदान गरिँदै आएको मासिक चार हजार भत्ता निरन्तरता दिएको बताए ।

यसका लागि एक खर्ब ५७ अर्ब ७३ करोड रकम विनियोजन गरेको बताए । यस्तै, ६० वर्ष पूरा भएका दलित महिला, सीमान्तकृत समुदाय तथा बालबालिकालाई दिँदै आएको सामाजिक सुरक्षा भत्ताका लागि रकम विनियोजन गरेको बताए ।

पाठेघर र स्तन क्यान्सरको निःशूल्क उपचार गरिने
सरकारले पाठेघर र स्तन क्यान्सरको निःशूल्क उपचार गर्ने भएको छ । सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले पाठेघर र स्तन क्यान्सरको निःशूल्क उपचार गर्ने जानकारी दिएका हुन् ।

प्रकाशित मिति : २०८० जेठ १५ गते सोमबार
Translate »