मङ्सिर ८ गते ‘नेपालगञ्ज कन्क्लेभ’ र ९ गते म्याराथनको नवौं संस्करण हुँदै

बाँके ।  पश्चिम नेपालको खेल पर्यटनको प्रवर्द्धन गरिरहेको नेपालगञ्ज म्याराथनले यस वर्षदेखि म्याराथन सँगै ‘नेपालगञ्ज कन्क्लेभ’ आयोजना गर्ने भएको छ । कार्यक्रममा यो पटक पश्चिमको आर्थिक मुद्दामा बहस हुँदैछ ।

उक्त बहसमा केएल दुगड ग्रुपका सिइओ प्रदीप छाजेड, नेपाल पर्यटन बोर्डका पूर्व सिइओ एवं नेपाल उद्योग परिसंघका कार्यकारी निर्देशक दीपकराज जोशी, धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमाल, भायोनेटका सिइओ सेवा पाठक सहभागि हुनुका साथै मोडरेटरका रुपमा मेरो प्लानेटका प्रबन्ध निर्देशक डा.ओमप्रकाश मिश्र रहने छन् ।

म्याराथनको बौद्धिक वार्मअपका रुपमा आयोजना हुने कन्क्लेभमा खेलकुद मात्र नभई समाज, अर्थ, राजनीति, साहित्य र सम्भावनाको विचार विमर्श हुने आयोजकले निकालेको प्रेस विज्ञप्तिमा बताईएको छ । ८ मङ्सिर २०८० मा कन्क्लेभ आयोजना हुनेछ भने ९ मंसिरमा म्याराथनको नवौं संस्करण हुनेछ ।

कन्क्लेभ २०२३ मा उद्यमशीलता, खेलकुद, महिला सशक्तिकरण, साहित्य, युवा रोजगारलगायत विविध विषयका ६ वटा सत्र हुने म्याराथनका संस्थापक टिएस ठकुरीले जानकारी दिए ।

Translate »