प्रभु बैंकका सीईओ मनोज न्यौपानेसहित १० जना पक्राउ

काठमाडौं । प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले  सेन्चुरी बैंकका तत्कालीन सीईओ न्यौपानेसहित १० जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई मंगलबार विभिन्न ठाउँबाट पक्राउ गरेको सीआईबीले जानकारी दिएको छ । घटनाबारे थप विवरण आउन बाँकी  छ । न्यौपानेले सेन्चुरी बैंकमा हुँदा ऋण हिनामिना गरेको आरोप लागेको छ । हाल उनी प्रभु बैंकमा डेपुटी सीईओ छन् ।

थप एक जनालाई पनि पक्राउ गर्ने सीआईबीको तयारी छ। न्यौपाने २०७८ सालमा सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत थिए। उनी उक्त बैंकमा रहँदा भएको एक अनियमिततामा उनलाई पक्राउ गरिएको हो । नेपाल राष्ट्र बैंकको अनुरोधमा प्रहरीले उक्त बैंकको घोटालामा छानबिन थालेको थियो ।

Translate »