२०८३ असोज १० , शनिबार
Sky News Nepal
September 26, 2026

नीजि अस्पतालहरुको छाता संगठन (अफिन) कर्णालीको अध्यक्षमा गौतम



सुर्खेत । नीजि अस्पतालहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन नेपाल (अफिन) कर्णाली प्रदेश समिति गठन भएको छ । अफिन कर्णालीको आइतबार सुर्खेतको वीरेन्द्रनगरमा भएको भेलाले कर्णाली केयर हस्पिटलका सञ्चालक दिपक गौतमको अध्यक्षतामा ७ सदस्यीय कर्णाली प्रदेश समिति गठन गरेको हो ।

प्रदेश समितिको उपाध्यक्षमा कर्णाली ट्रामा हस्पिटल प्रालिका सञ्चालक ओमप्रकाश काफ्ले, सचिवमा सुर्खेत हस्पिटल प्रालिका अस्पताल व्यवस्थापक भक्तबहादुर शाही, कोषाध्यक्षमा गुरुङ हस्पिटल प्रालिका सञ्चालक निरक गुरुङ तथा सदस्यहरुमा माया नर्सिङ होमका विश्वेश्वर खड्का, राना हस्पिटलका विजय घले, जिपि मेमोरियल नर्सिङ होमका उत्तमकुमार शाही रहेका छन् ।

कार्यक्रममा निर्वतमान तदर्थ कार्य समितिका उपाध्यक्ष तथा वरिष्ठ औषधि व्यवसायी भिम गुरुङले नवनिर्वाचित (अफिन) कर्णाली प्रदेश समितिलाई बधाईसँगै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०८० चैत ४ गते आइतबार
Translate »