२०८३ असोज ७ , बुधबार
Sky News Nepal
September 23, 2026

सुशासनको अनुभूति दिने गरि काम गर्छु : प्रजिअ रिजाल




स्काई न्यूज /फागुन २३, सुर्खेत ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले शान्तिसुरक्षा, सुशासन, र विकासका लागि काम गर्ने बताएका छन् । भर्खरै सुर्खेतको प्रजिअ नियुक्त भएर आएका रिजालले आइतबार जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुसँगको भेटघाटमा नागरिकलाई सुशासनको अनुभूति हुने गरि आफ्नो उपस्थिति देखाउने बताए । ‘जिल्लामा थुप्रै समस्याहरु रहेका छन् । म समाधानका उपायका लागि सबै सरोकारवालासँग समन्वय तथा छलफल गरेर अगाडि बढ्छु,’ उनले भने, ‘राजमार्ग सुरक्षादेखि शहरका भित्रि सडकको ट्राफिक नियमको कार्यान्वयन, विकास निर्माणको कामसँगै बजार अनुगमन कार्यलाई कडाईले अगाडि बढाईनेछ ।’ उनले सुर्खेत स्थित सरकारी कार्यालयबाट सेवा प्रवाहमा भईरहेको ढिला सुस्तीलगायतका गुनासो सम्बोधनका लागि छड्के अनुगमनलाई निरन्तरता दिईने जनाए । उनका अनुसार बाढीपीडित तथा सुकुम्वासी समस्या समाधानका लागि समेत आफ्नो तर्फबाट भरपुर कार्य गरिनेछ ।
भेटघाटमा पत्रकारहरुले लागु औषध रोकथाम नियन्त्रण, अनियन्त्रित तीन चक्के टेम्पु व्यवस्थापन तथा सरकारी कार्यालयबाट सूचना प्रवाहमा हुने ढिलासुस्तीप्रति ध्यान दिन आग्रह गरिएको थियो । कार्यक्रममा सुर्खेतस्थित सञ्चाकर्मीसँगै सहायक प्रजिअ रोमबहादुर महतलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७७ फागुन २३ गते आइतबार
Translate »