२०८३ भदौ ८ , सोमबार
Sky News Nepal
August 25, 2026

एमालेका चार नेताले स्पष्टिकरण नदिने

कारबाही भोग्न तयार


 

कठमाडौं,९ चैत्र ।
पार्टी हितविपरित कार्य गरेको भन्दै स्पष्टिकरण सोधिएका नेकपा एमालेका पाँचजना नेताले जवाफ नदिने भएका छन् । उनीहरुले बरु कारबाही भोग्ने स्पष्टिकरण नदिने अडान लिएका हुन् । स्पष्टिकरण सोधिएकामध्ये प्रभावशाली नेता भीम रावलले कारबाही भोग्न तयार भएको बताएका छन् । उनले ऋषि धमलासँग एनआरएन रेडियोमा भने,‘कारबाही भोग्न तयार छु तर प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी कदमसामु झुक्दिनँ ।’ स्पष्टिकरण सोधिएका अर्का नेता घनश्याम भुसालले स्पष्टिकरण सोधिएपछि पनि ओलीलाई गिरोहको सरदार भनेका छन् । ओली योभन्दा पनि अगाडि बढ्ने र कम्युनिस्ट पार्टी मात्र नभई राजनीतिक प्रणाली नै ध्वस्त गर्न लागेको आरोप लगाए । यसअघि नेकपा एमाले केन्द्रीय कमिटी बैठकले नेताहरु माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । उनीहरुमाथि पार्टी हितविपरित कार्य गरेको आरोप छ । (reporters nepal)

 

प्रकाशित मिति : २०७७ चैत ९ गते सोमबार
Translate »