बाँकेमा कोरोना सङ्क्रणबाट थप एक जनाको मृत्यु

बैशाख ५,नेपालगञ्ज ।
बाँकेमा कोरोना सङ्क्रणबाट थप एक जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर ४ की ५२ वर्षीया महिलाको आज दिउँसो ३ः५५ बजे मृत्यु भएको जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । उनी चैत ३१ गते अस्पताल भर्ना भएकी थिइन् । योसँगै कोरोनाबाट जिल्ला बाहिरका ९७ जनाको मृत्यु भएको छ ।

Translate »