२०८३ साउन १० , आइतबार
Sky News Nepal
July 27, 2026

निषेधाज्ञा उल्लङ्घन गर्दै ‘स्नोकर’ खेल्नेहरू पक्राउ




स्काई न्यूज /बैशाख २२, सुर्खेत ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा सात जनालाई पक्राउ गरेको छ । प्रहरीले आज दिउँसो वीरेन्द्रनगर नगरपालिका–६, बसपार्क स्थित स्नोकर हाउसबाट स्नोकर खेल्ने तयारी गरिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको हो । पक्राउ परेका माथि संक्रामक रोग ऐन, २०२० को दफा २, एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ९३० बमोजिम कार्बाही गरिएने जिप्रकाका सूचना अधिकारी (डीएसपी) रामप्रसाद घर्तीले जानकारी दिनु भयो । उहाँका अनुसार पक्राउ पर्नेमा घनश्याम केसी, आकाश देबकोटा, वीरेन्द्र शाही, राज घर्ती मगर, विनय बुढा, आकाश प्याकुरेल, र कबिर खानलाई रहेका छन् । उनीहरुलाई आजै दुई दिन कैद वापतको ६ सय रुपैयाँ प्रतिव्यक्ति जरिवाना तिराएर आईन्दा फेरी नियमविपरित कार्य नगर्ने शर्तमा छोडिदिएको डीएसपी घर्तीले बताउनु भयो ।

प्रकाशित मिति : २०७८ वैशाख २२ गते बुधबार
Translate »