२०८३ कात्तिक २६ , बुधबार
Sky News Nepal
November 11, 2026

कोरोना संक्रमित फेरि बढे, संक्रमणमा नयाँ रेकर्ड, मृत्यु १३९ जना



काठमाडौं– दुई दिन कमी आएको नेपालमा कोरोना संक्रमण फेरि बढ्दै नयाँ रेकर्ड कायम भएको छ । आज ९२७१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १८४११ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ९२७१ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ४००७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । नेपालमा निको हुने दर ७६ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट नेपालमा थप १३९ जनाको मृत्यु भएको छ । यो नेपाली सेनाको कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनका आधारमा थप गरिएको संख्या समायोजन गर्दाको हो । (नेपाल टेलिभिजन )

प्रकाशित मिति : २०७८ वैशाख २७ गते सोमबार
Translate »