सुर्खेतमा चितुवाको छालासहित एक जना पक्राउ

स्काई न्यूज / बैशाख ३०, सुर्खेत ।
सुर्खेत प्रहरीले गुर्भाकोट नगरपालिका–३, कुरिल्लेबाट चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले छिन्चु–जाजरकोटसडक खण्ड अन्तर्गत बोटेचौरबाट सल्ली बजारतर्फ आउँदै गरेको भे४प–४८८७ नम्वरको मोटरसाईकललाई चेकजाँच गर्दा चितुवा –बाघ) को छालासहित गुर्भाकोटनगरपालिका–९,का वीरेन्द्रकुमार खत्रीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डीएसपी) रामप्रसाद घर्तीले चितुवा (बाघ) को छालासहित मोटरसाइकलमा एक व्यक्ति आईरहेको गोप्य सूचनाको आधारमा जिप्रकाबाट खटिएको प्रहरी टोलीले खत्रीलाई रंगेहात पक्राउ गरेको बताए । उनले टाउकोदेखि पुच्छरसम्म भएको चितुवाको छालासहित खत्रीलाई पक्राउ गरी आवश्यक कार्बाहीको लागि गुर्भाकोट सव–डिभिजन वन कार्यालय मेहेलकुनालाई जिम्मा लगाईएको जानकारी दिए । यता डिभिजन वन कार्यालय सुर्खेतका डिभिजनल वन अधिकृत गोवन्दप्रसाद दाहालका अनुसार चितुवाको छालासहित पक्राउ परेका माथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार ५० हजारदेखि १ लाख रुपैयाँसम्मको नगद जरिवानासहित एक वर्षको कैद सजाय तोकिएको छ ।

Translate »