नेपाली महिलाहरूका लागि भारतीय सेनामा भर्ना हुने सुवर्ण अवसर

जेठ ३१, बाँके ।  नेपाली महिलाहरूले पनि अब भारतीय सेनामा भर्ती हुन पाउने भएका छन् ।

नेपालस्थित भारतीय राजदूतावासको कल्याणकारी शाखाले सूचना जारी गर्दै नेपाली महिलाहरू पनि भारतीय सेनामा महिला सेना प्रहरी (सामान्य प्रहरी) भर्ना हुन पाउने जानकारी दिएको हो ।

१० कक्षा पास गरेका, १७ वर्ष ६ महिना देखि २१ वर्षसम्मका महिलाहरूले भर्ती हुन आदेवन दिन सक्ने दूतावासले जनाएको छ । त्यस्तै, महिलाको उचाइ १५२ सेन्टिमिटर हुनुपर्ने भनिएको छ । आवेदन भने अनलाइनमार्फत् जुन ६ देखि २० जुलाई सम्ममा भर्नुपर्नेछ ।

वीर नारीहरूको हकमा भने ३० वर्षसम्मको उमेरलाई छुट दिइएको छ । भूपू सैनिक, वीर नारी र विधवा सैनिकका छोरीहरूका लागि तौलमा २ किलो छुट र लिखित परीक्षामा २० अकको बोनस जोडिने दूतावासले जनाएको छ ।

आवेदनका लागि  http:/joinindianarmy.nic.in  मा गएर भर्न सकिन्छ। (लाईभपाटी)

 

Translate »