२०८३ असोज ६ , मंगलबार
Sky News Nepal
September 22, 2026

प्रियंकाको मुहारमा छल्किएको खुशी



नायिका प्रियंका कार्कीको हातमा चलचित्र नभएपनि उनको चर्चा भने कम भएको छैन । केही बर्षदेखि चलचित्रमा क्रेज कम भएपनि प्रियंका प्रेम र बिहेका कारण सधै चर्चामा रहिन् । उनै, कार्की गत बर्षदेखि भने आमा बन्न लागेको खबरले चर्चामा छिन् । यसपछि, उनले निरन्तर सामाजिक संजालमा तस्वीर पोष्ट गरिरहेकी छिन् ।

नायिका कार्कीले सामाजिक संजालमा ‘बेबी सावर’को तस्वीर पोष्ट गर्दै खुशी व्यक्त गरेकी छिन् । उनका निकट केही साथीहरुले उनको बेबी सावरको कार्यक्रम आयोजना गरेका थिए । प्रियंकाले आफ्ना साथीहरुले सबै भन्दा उत्कृष्ट ‘बेबी सावर’को कार्यक्रम आयोजना गरेको लेखेकी छिन् ।डेढ बर्ष अगाडि नायक आयुष्मान देशराज जोशीसँग बैबाहिक जीवनमा बाँधिएकी प्रियंकाले गतबर्ष आफू आमा बन्न लागेको जानकारी दिएकी थिइन् । यसपछि, उनको सामाजिक संजालमा आलोचना र प्रशंसा भैरहेको छ ।(अनलाइनखबर)

प्रकाशित मिति : २०७८ असार २१ गते सोमबार
Translate »