२०८३ असोज १४ , बुधबार
Sky News Nepal
September 30, 2026

सवारी कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन



टेकराज भण्डारी/अछाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय अछामले एक वर्षको अवधिमा ट्राफिक नियमको उलङ्घन गर्ने सवारी साधनबाट २६ लाख बढी राजस्व सङ्कलन गरेको छ ।

आर्थिक वर्ष २०७७–०७८ मा ४ हजार २ सय बढी सवारी साधनलाई गरिएको कारबाहीबाट २६ लाख २९ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको हो ।

ट्राफिक नियमको उल्लङ्घन गर्ने सवारी साधनबाट राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय अछामका प्रहरी निरीक्षक वीर बहादुर विष्टले जानकारी दिए। उनले गाउँदेखि सहरसम्म व्यापक मात्रामा ट्राफिक नियमको उल्लङ्घन भई रहेको भन्दै यसलाई थप व्यवस्थित बनाउन लागिरहेको बताए ।

 

प्रकाशित मिति : २०७८ साउन ६ गते बुधबार
Translate »