२०८३ असोज १४ , बुधबार
Sky News Nepal
September 30, 2026

नेपालगञ्ज–पोखरा उडान शुरु गर्दै बुद्ध एयर



साउन ९, काठमाडौं ।  निजी क्षेत्रको बुद्ध एयर प्रालिले नेपालगञ्ज–पोखरा उडान शुरु गर्न लागेको छ । १५ वटा विमान भएको बुद्ध एयरले यही साउन १७ देखि पोखराबाट नेपालगन्ज सीधा उडान गर्ने बताएको छ । बुद्ध एयरका निर्देशक रुपेश जोशीले शुरुमा साताका तीन दिन (आइतबार, बुधबार र शुक्रबार) उडान गर्ने र पछि दिनदिनै उडान गर्ने योजना बनाएको बताए । उनले यी उडानबाट दुवै ठाउँका पर्यटकीय स्थलमा चहलपहल बढ्ने अपेक्षा गरिएको जनाए । ‘यसले नेपालगन्जबाट केही घण्टाको दूरीमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज तथा कर्णाली चिसापानीमा पनि पर्यटकीय चहलपहल बढ्नेछ,’ उनले भने, ‘नेपालगञ्जका बासिन्दाले पनि पर्यटकीय शहर पोखरा, वरिपरि रहेका तालतलाउ तथा हिमशृङ्खलाको आनन्द लिन पाउनेछन् ।’ उनले यी उडानबाट नेपालगन्ज नजिकका भारतीय शहर लखनऊ, कानपुर आदि गन्तव्यका पर्यटक पनि आकर्षित हुने विश्वास व्यक्त गरे । उनका अनुसार बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडी प्याकेज सञ्चालन गर्दैछ ।

प्रकाशित मिति : २०७८ साउन ९ गते शनिबार
Translate »