जुम्लामा अब एमएनको पठनपाठन हुने

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ विषयमा स्नातकोत्तर तह (एमएन)को पठनपाठन हुने भएको छ । यसका लागि प्रतिष्ठानले पाठ्यक्रम तयार गरी अनुमतिका लागि चिकित्सा शिक्षा अयोग समक्ष निवेदन दिएको प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा. नीरेश थापाले बताए ।

गतवर्षदेखि प्रतिष्ठानमा स्नातकोत्तर तहका जनरल प्राक्टिस तथा इमरजेन्सी, पेडियाक्ट्रिक र एनेस्थेसिया तथा क्रिटिकल केयरमा पठनपाठन शुरू भएको प्रतिष्ठानमा यसै शैक्षिक सत्रदेखि चिकित्सा विषय अन्तर्गत स्नातक तहका एमबीबीएस, बीएन र फार्मेसी विषय समेत पठनपाठन हुँदै छ । रासस

Translate »