मर्मखोलाले बगाउँदा एक जनाको मृत्यु
दीपक शर्मा / सल्यान । सल्यानमा मर्मखोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको कुमाख गाउँपालिका –४ सिम्तालेका ५१ वर्षीय लिलाधर शर्माको मर्मखोलाले बगाएर मृत्यु भएको हो ।
गाउँपालिकाको–३ र ४ को सिमानामा रहेको मर्मखोला तर्ने क्रममा खोलाले बगाएर मङ्गलवार बिहान बेपत्ता भएका थिए ।
बेपत्ता शर्माको खोजी गर्ने क्रममा कुमाख गाउँपालिका–२ शान्तीबजार स्थित खोला किनारमा दिउँसो मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।