२०८३ असोज १३ , मंगलबार
Sky News Nepal
September 29, 2026

सुन र चाँदीको मूल्य घट्ने क्रम जारी



असोज १४, काठमाडौं । साताको पाँचौ कारोबार दिन बिहीवार नेपाली बजारमा सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार सुनको भाउ अघिल्लो दिनको तुलनामा  तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाला सुनको मूल्य प्रतितोला ८८ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार २५० रुपैयाँ कायम भएको छ।

बुधवार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाला  सुनको मूल्य ८८ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ८८ हजार ४५० रुपैयाँमा खरीदविक्री भएको थियो।

बिहीवार चाँदीको  मूल्य भने प्रतितोला ३५ रुपैयाँले घटेर १ हजार १२० रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार स्थिर रही चाँदी प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २०७८ असोज १४ गते बिहीबार
Translate »