२०८३ असोज १३ , मंगलबार
Sky News Nepal
September 29, 2026

मोडेल कलेजमा शिक्षण पद्धति कार्यशाला शुरु



स्काई न्यूज /असोज २१, सुर्खेत । सुर्खेत मोडेल कलेजमा राष्ट्रिय स्तरको सेमेस्टर प्रणालीमा मूल्यांकन तथा शिक्षण पद्धति कार्यशाला शुरु भएको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्राध्यापक डिल्लीराज शर्माले विहीबार एक कार्यक्रमका वीच कार्यशालाको उद्घाटन गरेका छन् । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा सुर्खेत मोडेल कलेजले आयोजना गरेको कार्यशालामा कर्णाली प्रदेश, सुदरपश्चिम र लुम्बिनी प्रदेशका क्याम्पसका प्राध्यापक, उपप्राध्यापक एवं शैक्षिक क्षेत्रका विद्धानहरुको सहभागिता रहेको छ ।

तीन दिनसम्म चल्ले कार्यशालामा सेमेस्टर प्रणालीमा मूल्यांकन तथा शिक्षण पद्धतिलाई थप परिस्कृत गर्दै समय सापेक्ष शिक्षण शिकाई बृद्धि विकास एवं अनुसन्धानका बारेमा छलफल हुने सुर्खेत मोडेल कलेजका प्रिन्सिपल गणेश आचार्यले जानकारी दिए । उनले कार्यशालामा प्राध्यापक डिल्लीराज शर्मासँगै त्रिभुवन विश्वविद्यालयका कार्यकारी सदस्य प्राध्यापक महानन्द चालिसे, उप प्राध्यापक छेत्र तिमिल्सेना, रेशम विष्ट, रमेश खत्रीलगायतले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको बताए ।

प्रकाशित मिति : २०७८ असोज २१ गते बिहीबार
Translate »