हुम्लाको सिमकोटमा एक महीनादेखि टेलिफोन सेवा अवरुद्ध

हुम्ला । हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका–३ मा रहेको नमस्ते टेलिफोन सेवाले एक महिनादेखि काम गर्न छाडेको छ । टेलिफोन सेवाले काम नगर्दा सेवाग्राही सञ्चार सेवाबाट वञ्चित हुनुका साथै दशैंको शुभकामना आदानप्रदान गर्नसमेत नपाएको गुनासो स्थानीयले गर्न थालेका छन् ।

एक महीनादेखि टेलिफोनको टावरले काम नगर्दा सिमकोट गाउँपालिका–१ देखि ३ र खार्पुनाथ गाउँपालिका–५ को ताक्ला, बाम्टा र कुम्लिक गाउँका सेवाग्राहीमा सञ्चार आदान–प्रदानमा प्रत्यक्ष असर परेको छ ।

गत भदौ महीनाको २२ गतेदेखि हेल्दुङ साना जलविद्युत् आयोजनाबाट वितरित विद्युत् सेवा अवरुद्ध भएकाले वडा नं ३ बरगाउँमा रहेको नमस्तेको टावरले काम गर्न छाडेको स्थानीयवासी हेमन्त बोहराले बताए । रासस

Translate »