२०८३ असोज १३ , मंगलबार
Sky News Nepal
September 29, 2026

राष्ट्रिय सौन्दर्यकर्मी कर्णालीको अध्यक्षमा शाक्य



स्काई न्यूज / मंसिर १४, सुर्खेत । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल कर्णाली प्रदेशको अध्यक्षमा प्रमी शाक्य चयन भएकी छिन् । ‘सौन्दर्यकर्मी श्रमिकको सरोकार, सामाजिक सुरक्षा हाम्रो’ अधिकार भन्ने नाराका साथ राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको कर्णाली प्रदेशको मंगलबार सुर्खेतको वीरेन्द्रनगरा सम्पन्न अधिवेशनले शाक्यको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा कमला बस्याल, सचिव जानुका तारुङ, सह–सचिव मौसमी मल्ल, आर्थिक सचिव दुर्गा पिएस, सदस्यहरु गंगा बस्याल, रेखा केसी, मधुगिता शाक्य, सुष्मा मल्ल, निरु नेपाली, हेमाकुमारी ज्ञवाली, आष्मा थापा, मिरा दर्लामी, यशोदा खत्री, दीपा राणा र देवी थापा रहेका छन् ।

अधिवेशनमा राष्ट्रिय स्वास्थ्यकर्मी युनियन नेपालका केन्द्रीय महासचिव पवि गुरुङ, आर्थिक सचिव माया गुरुङ र केन्द्रीय सदस्य राधा श्रेष्ठ आचार्यले अधिवेशनलाई सम्बोधन गरे । बैठकले प्रमी शाक्य अध्यक्ष, कमला बस्याल उपाध्यक्ष, सचिव जानुका तारुङ, सह–सचिव मौसमी मल्ल र कोषाध्यक्ष दुर्गा पिएस रहेको सचिवालय गठन गरेको छ ।

प्रकाशित मिति : २०७८ मंसिर १४ गते मंगलबार
Translate »